शिवतान्त्रिक गुरु/मानव कल्याण आध्यात्मिक प्रतिष्ठान

बिंं सं २०२५ सालमा काठमाडौ जिल्लाको टोखामा बुबा न्हुछेबहादुर खड्गी र आमा गणेशमाया खड्गीको कोखबाट नेवार समुदायमा जन्मिनुभएका बालक बुद्धिकुमार खड्गी नै तपाई हामीबीच शिवभक्त गुरु अर्थात शिव तान्त्रिक गुरुको नामले देश—विदेशभर सुप्रसिद्ध हुनुहुन्छ।

शिवतान्त्रिक गुरुको बाल्यकाल

बिंं सं २०२५ सालमा काठमाडौ जिल्लाको टोखामा बुबा न्हुछेबहादुर खड्गी र आमा गणेशमाया खड्गीको कोखबाट नेवार समुदायमा जन्मिनुभएका बालक बुद्धिकुमार खड्गी नै तपाई हामीबीच शिवभक्त गुरु अर्थात शिव तान्त्रिक गुरुको नामले देश—विदेशभर सुप्रसिद्ध हुनुहुन्छ।

औपचारिक अध्ययन र पारिवारिक जिम्मेवारी

जीवनको पूर्वाद्र्धमा अत्यन्तै कठिन परिस्थितिको सामना गर्नु परे पनि बुद्धि कुमारले आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए।एस एल सी परिक्षा सफलतापूर्वक पास गरेपछि सफलतापूर्वक पास गरेपछि २०४८ सालमा उनी सरस्वती क्याम्पसमा भर्ना भएका थिए।

अलौकिक शक्तिको सफलतापूर्वक प्रयोग

मजदुरी गर्ने क्रममा एकदिन दैव संयोगले एकदिन तत्कालीन राजदरबार निकट व्यक्ति,‘दीपक जङ्ग शाह’ को घर निर्माणको लागि बालुवा चाल्ने काम गर्न पुगे। शाहीकी माता प्यारालाइसिस भएर बोल्न,चल्न र मान्छे नै चिन्न चसक्ने अवस्थामा थिइन्। यहाँसम्मकी दिसा—पिसाबबो लागि पनि सहयोगी चाहिन्थ्यो।

परियोजनाको आकर्षण

१.१०८ फिटको कल्पेश्वर महादेव
२.महादेव आसन तथा मन्दिर
३.मूल प्रवेश द्वार,प्रवेश द्वारहरु
४.पार्किङ्ग
५.कालीनाग तथा शिव मन्दिर
६.गुरु आश्रम
७.नाग कुण्ड
८.प्रशासनिक भवन
९.अतिथि गृह
१०.अष्टभैरव मन्दिर
११.अष्टमात्रिका मन्दिर
१२.मनकामना मन्दिर
१३.शिवलिङ्ग मन्दिर र काली नाग
१४.बुढानिलकण्ठ नारायण मूर्ति
१५.फलैंचाहरु
१६.२७ वटा ढुङ्गेधारा
१७.गोसाइकुण्ड
१८.जलधारा विश्रामस्थल
१९.पुरुष,महिला तथा अपाङ्गमैत्री शौचालय
२०.बुद्धबाटिका
२१.शिवतान्त्रिक यन्त्र
२२.चन्द्र—असर ताल
२३.सूर्यदेव ताल
२४.रुद्राङ्ग शक्ति पीठ
२५.यज्ञशाला÷पाठशाला
२६. ऋावाल ब्रम्हाचारी
२७.विभिन्न जात—जातियका फलफूल तथा बगैंचा
२८.तान्त्रिक गुरु लगायतको प्रतिमा

pratima
rathyatra

१०८ फिट अग्लो कल्पेश्वर महादेवको निर्माणार्थ सहयोगको अपिल !!!

१०८ फिट अग्लो कल्पेश्वर महादेवको निर्माण लक्ष्य सहित अन्य विविध परियोजना समावेश भएको कल्पेश्वर महादेव परियाजनार्थ सहयोग अनि दान दिन इच्छुक महानुभावहरुको सहजताको लागि QR कोड यहाँ राखिएको जानकारी गराउँदछौ।




मानव कल्याण आध्यात्मिक प्रतिष्ठान
संरक्षक
शिवतान्त्रिक गुरु

१०८ फिट अग्लो कल्पेश्वर महादेवको निर्माणमा सहयोगको लागि सम्पर्क नंः शिवतान्त्रिक गुरु ः९८४१३१०२३१,हरि भट्ट ः९८४३२०२८१६,राजिव खड्गी ः९८५१३५११८४ ।

!!शुभकामना!!

मानव कल्याण आध्यात्मिक प्रतिष्ठान अर्धवार्षिक स्मारिका पकाशानका क्रममा विभिन्न विशिष्ट महानुभाव हरुबाट व्यक्त शुभकामना, शुभेच्छाहरु

“अध्यात्मबाट समाजसेवामा समर्पित नारासहित स्थापना भएको मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले चाँगुनारायण नगरपालिका ८ कलममसीस्थित १०८ फिट कल्पेश्वर महादेव मूर्ति स्थापना गर्ने उदेश्यलाई टेवा पूग्ने गरी आफ्ना कार्यक्रमका झलकहरु समेटेर अर्धवार्षिक स्मारिका प्रकाशन गर्न लागेकोमा औंधी खुशी लागेको छ। प्रकाशित हुने स्मारिकाले प्रतिस्ठानको उदेश्य पुरा गर्न सहयोग पुगोस् भनी शुभकामना व्यक्त गर्दछु।”

२८ वैशाख २०८० 

रामसहाय प्रसाद यादव
उपराष्ट्रपति

 

“मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले चाँगुनारायण—८ कलममसीस्थित १०८ फिटको कल्पेश्वर महादेव मूर्ति स्थापना गर्ने कार्यक्रमको झलक प्रस्तुत गर्न अर्धवार्षिक स्मारिका प्रकाशन गर्न लागेका खबरले मलाई अत्यन्त खुशी लागेको छ। यस कार्यमा संलग्न सबैलाई धन्यवाद दिदै प्रकाशन सफलताको शुभकामना व्यक्त गर्दछु।”

हाम्रो देश नेपाल सांस्कृतिक सम्पदा र धरोहरुले सम्पन्न देश हो। यहाँका मानिसहरुमा संस्कृतिबाट अनुप्राण्ति जीवनशैली छ। मनव जीवनको आन्तरिक सुखका लागि यस्ता सांस्कृतिक सम्पदाहरुको महत्वपूर्ण भूमिका हुन्छ। नेपालको अन्तराष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा पनि यस्ता कामको विशेष महत्व छ। देशका विभिन्न स्थानमा यस्ता परिकल्पनाहरुलाई साकार रुप दिन नेकपा(एमाले)को सरकारले सार्थक प्र्रयास गरेको थियो। मनव कल्याण आध्यात्मिक प्रतिष्ठानलाई यस रचनात्मक कार्यका लागि धन्यवाद भन्न चाहन्छु। प्रकाशोनमुख यस स्मारिकाले कल्पेश्वर मूर्ति स्थापनाका सन्दर्भमा भएका सम्पूर्ण कार्यक्रमहरुको चित्रात्मक वर्णन गर्न सकोस् भन्ने शभेच्छा व्यक्त गर्दछु।
नेकपा –एमाले) देशभक्तिपूर्ण,लोकतान्त्रिक,परिवर्तनकारी,विकसमुखी र सर्मद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङक्षा पूरा गर्ने अभियानमा छ। लोकतन्त्रलाई राजनीतिक अधिकारको सङकुचित परिभाषाबाट माथि उठाउँदै जनतका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रुपमा व्यवहारमा अनूदित गर्ने हाम्रो उद्देश्य छ। व्यक्ति र समूहरुका निजी दुराकाङक्षाहरुले सिर्जना गर्न सक्ने अवरोधहरुलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन तपाईहरुको यस प्रयासले सहयोग पुग्ने छ भन्ने मेरो विश्वास छ।
अन्त्यमा प्रकाशोन्मूख स्मारिका पठनीय,संग्रहणीय र मानव जीवनको रुपान्तरणका लागि उपयोगी रहन सकोस् भन्दै प्रकाशन सफलताको पुन शुभकामना व्यक्त गर्दछु।
१८ फागुन २०७९८

 

केपी शर्मा ओली
अध्यक्ष

“मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले चाँगुनारायण नगरपालिका वडा नं ८ कलममसीमा १०८ फिटको कल्पेश्वर महादेवको मूर्ति स्थापना गर्ने उदेश्यका साथ शुरुदेखि हालसम्म भएका प्रगति र कार्यक्रमका झलकहरुलाई स्मारिका मार्फत उजागर गर्ने उदेश्य राखी अर्धवार्षिक स्मारिका प्रकाशन गर्न लागेको थाहा पाउँदा मलाई अत्यन्त खुशी लागेको छ।””प्रकाशित हुने स्मारिकामा मानव जातिको उत्थान,चिन्तन,ज्ञानको बृद्धि,जीवनशैलीमा सादगी कसरी बन्ने लगायतका विषयहरुलाई समेटी लेख र रचना सहित संगालोको रुपमा आउने विश्वासका साथ उक्त स्मारिका आम पाठकहरुबीच अत्यन्त उपयोगी हुनेछ भन्ने विश्वास लिएको छु
अन्त्यमा,मानव कल्याण आध्यात्मिक प्रतिष्ठानसंग आवद्ध साथीहरु लगायत सबैमा हार्दिक शुभकामना प्रकट गर्दै स्मारिकाको पूर्ण सफलताको कामना गर्दछु।
जय नेपाल!

 

शेरवहादुर देउवा
सभापति

“मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले चाँगुनारायण नगरपालिका वडा नं ८ कलममसीमा १०८ फिटको कल्पेश्वर महादेवको मूर्ति स्थापना गर्ने आफ्नो योजनाबारे जनमानसमा जानकारी गराउन तथा संस्थाका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्न लागेको खबरले मलाई खुसी लागेको छ।”१ सय ८ फिट अग्लो कल्पेश्वर महादेव मुर्ती स्थापनाले चाँगुनारायण नगरपालिकाको मात्रै होइन,मुलुककै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने मैले विश्वास लिएको छु।
नेपाल परापूर्व कालदेखि धार्मिक पर्यटनको केन्द्र रहँदै आएको छ। पूर्वीय दर्शन,कला र संस्कृतिले सिँचिएको हाम्रो देश धार्मिक तथा आध्यात्मिक पर्यटनबाट लाभान्वित हुने प्रचुर सम्भावना छ। यसका लागि धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रको संरक्षण र संवद्धन गर्न आवश्यक छ। यसका लागि मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले गरेको योगदानको प्रशंसा गर्न चाहन्छु।
तपाईहरुको प्रयासले हिन्दु धर्मावलम्बीलाई धार्मिक प्रेरणा दिन र धार्मिक र्पटन प्रवद्र्धन गर्न सहयोग पुग्ने मैले विश्वास लिएको छु।आजको युग खोज र अन्वेषणका युग हो। तपाईहरुको स्मारिका आलेख, लेख—रचनाहरु बढी अनुसन्धानात्मक बनोस्। यहाँ प्रकाशित लेखहरुले पाठकलाई बौद्धिक खुराक प्राप्त हुने अपेक्षा राखेको छु।
अन्त्यमा, प्रकाशनसँग सम्बन्धित सबैलाइ धन्यवाद ज्ञापन गर्दछु। प्रकाशनको निरन्तरताको आशा गर्दै मानव कल्याण आध्यात्मिक प्रतिष्ठानको उत्तरोत्तर कामना पनि गर्दछु।
धन्यवाद।

 

मधव कुमार नेपाल
१४ चैत,२०७९

!!शुभकामना!!

मानव कल्याण आध्यात्मिक प्रतिष्ठानमा सुरुदेखि हाल सम्म भएका काईक्रमहरुको गतिविधिका झलकहरु समेटेर अर्धवार्षिक स्मारिका प्रकाशन गर्न लागेकोले १०८ फिटको अग्लो आशनमा रहेका विशाल शिव मुर्ति शिलान्याश गर्नुहुने प्रति कृतज्ञता ज्ञापन गर्दै निर्माणमा सहयोगका लागि शुभकामना व्यक्त गर्न चाहन्छु।”

भवदीय
राम कृष्ण कर्माचार्य
बरिष्ठ सल्लाकार
मानव कल्याण आध्यात्मिक प्रतिष्ठान

शिवतान्त्रिक गुरुको संरक्षकत्वमा भएका मावन कल्याण गतिविधिहरु।

भक्तपुर जिल्ला र काभ्रे जिल्लाको दोसाधमा रहेको चाँगुनारायण नगरपालिका वडा नं ८ कलममसी भन्ने स्थानमा निर्माण हुँदै गरेको १०८ फिट विशाल कल्पेश्वर महादेवको गुरु योजना।

kalpeshworpariyojana
१०८ फिट अग्लो कल्पेश्वर महादेवको निर्माणमा सहयोगको लागि सम्पर्क नंः शिवतान्त्रिक गुरु ः९८४१३१०२३१,हरि भट्ट ः९८४३२०२८१६,राजिव खड्गी ः९८५१३५११८४ ।
मानव कल्याण आध्यात्मिक प्रतिष्ठान
१०८ फिट अग्लो कल्पेश्वर महादेवको निर्माणमा सहयोगको लागि सम्पर्क नंः शिवतान्त्रिक गुरु ः९८४१३१०२३१,हरि भट्ट ः९८४३२०२८१६,राजिव खड्गी ः९८५१३५११८४ ।
मानव कल्याण आध्यात्मिक प्रतिष्ठान
Scroll to Top